दशैँमा घर जाने चटारो

Thursday October 10, 2024

पढ्न लाग्ने समय :


नेपालीहरुको महान चाड विजया दशमी आउन मात्र दुई दिन बाँकी छ । विजया दशमीका दिन नेपालीहरु आफू भन्दा अग्रजबाट टिका, जमरा लगाएर आशिर्वाद लिने गरिन्छ । जसका लागि आजसम्म काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रबाट घर फर्किनेहरुको लर्को छ । काठमाडौं उपत्यका लाखौँले छोडिसकेका छन् । रोजगारीको सिलसिलामा शहर पसेकाहरु पनि दशैँको अवसरमा हर्षोल्लासपूर्वक मनाउन गाउँ फर्किरहेका छन् ।

काठमाडौंको नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका स्थानहरुमा यात्रुहरुको चाप धेरै देखिन्छ । टिका आउन अब मात्रै भोलिको दिन बाँकी रहेकाले पनि मानिसहरु घर फर्किने क्रम बाक्लिँदै गएको छ । साथै काठमाडौं उपत्यकामा भने सवारीसाधन कम केही कम देखिन्छ । काठमाडौंका सडकहरुमा बिस्तारै सवारीसाधन पातलिँदै गएका छन् । बसपार्कमा घर जाने र टिकट काट्नेहरुको लाम भने बाक्लो छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ