दफाबार छलफलका लागि समितिमा पठाइयो नेपाल विश्वविद्यालय विधेयक

Wednesday August 23, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा पेश गरेका थिए ।

सभामुख देवराज घिमिरेले यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा सर्वसम्मतिले स्वीकृत भएको हो । सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गरिएको विषय पनि जानकारी गराइएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्याविधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदनसमक्ष पेश गरेका हुन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि, २०८० गत असार ३० मसान्तसम्म रहेकोमा शान्ति प्रक्रियाको काम बाँकी रहेकाले दुवै आयोगको कार्यावधि, २०८० पुस मसान्तसम्ममा रहने गरी मन्त्रिपरिषद्बाट आदेश जारी गरिएको बेहोरा मन्त्री गुरुङले सदनलाई जानकारी गराएका थिए ।

त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकले १० वा सोभन्दा बढी दिनसम्म बैठकमा अनुपस्थित भएका सांसदको अनुपस्थितिको सूचना पनि स्वीकृत गरेको छ । सांसद दुर्लभ थापा क्षेत्री, मनोरमा शेरचन, विनोदकुमार चौधरी, डा चन्द्रकान्त भण्डारी, बिनाकुमारी थनेत, वर्षमान पुन, आशा विक, नारायण खड्का, जीवन परियार, विष्णुकुमार कार्की, धवल शमशेर जबरा, किशोर सिंह राठौर, ज्ञानबहादुर शाही, सपना राजभण्डारी, चन्द्रा चौधरी र लालप्रसाद साँवा लिम्बू लगातार १० वा सोभन्दा बढी दिन संसद् बैठकमा अनुपस्थित रहेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको