तराई-मधेसमा आज होली मनाइँदै

Monday March 25, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । आज तराई–मधेस क्षेत्रमा होली पर्व मनाइँदै छ । मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट आज सोमबार तराई–मधेसमा होली मनाउने गरिएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागू पर्व विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको जनविश्वास छ ।

तराई क्षेत्रमा होलीमा जोगिरा गीत गाउने चलन छ भने आफन्तहरू मिलेर रंगहरु दलेर एकापसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ । होलीका अवसरमा मधेसका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ