डोटीको बोगटानमा भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु

Monday February 23, 2026

पढ्न लाग्ने समय :


धनगढीः  डोटीको बोगटानमा भएको जिप दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी बोगटान फुड्सिल गाउँपालिका-३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउँदको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार साउँदलाई सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा पुर्‍याई जाँच गर्दा आइतवार राति  चिकित्सकले मृत घोषणा गरेको हो। सोही दुर्घटनामा घाइते भएकी बोगटान फुड्सिल-३ मेल्टाकी १७ वर्षीया सीता साउँद र १९ वर्षीय शारदा साउँद तथा जिप चालक बोगटान फुड्सिल-६ पलाडीका २७ वर्षीय तीर्थ बोगटीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

आइतवार दिउँसो १ बजेतिर बोगटान गाउँपालिका-३ धौलाबस्तीस्थित सुदूरपश्चिम प्रदेश ०३ ००१ च ००१४ नम्बरको बोलेरो जिप दुर्घटना भएको थियो। बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक