डोटीको बडिकेदारमा चट्याङ पर्दा घर भत्कियो, बालक घाइते

Saturday January 24, 2026

पढ्न लाग्ने समय :


धनगढीः डोटीको बडिकेदार गाउँपालिका–२ सडेखानमा शुक्रवार साँझ करिब साढे ७ बजे चट्याङ पर्दा ७ वर्षका दिपेश पुन घाइते भएका छन्।

मामाघरमा बसेर पढ्दै आएका पुन घाइते भएका स्थानीय बासिन्दा तथा शिक्षक धनबहादुर लामिछाने मगरले जानकारी दिएका छन्। पुनको स्थायी घर बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौर हो।

चट्याङले घन्साराम लामिछाने मगरको घरसमेत भत्किएको छ। दिपेश बेहोसमा रहेकाले स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ। सुदूरपश्चिम प्रदेशमा वर्षासँगै हिमपातसमेत भएको छ।

 


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री

धनगढीमा १० वर्षीय बालकको हत्या

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी