डेङ्गुबाट सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा  आज उनले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए ।

मुख्यमन्त्री थापाले ध्यानाकर्षणपत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे । विराटनगरस्थित एक हजार शय्याको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा डेङ्गुलगायत अन्य रोगबाट पीडितको उपचार सरकारले निःशुल्क गर्ने व्यवस्था मिलाएको उनले बताए।  मुख्यमन्त्री थापाले डेङ्गु नियन्त्रणका लागि माग गरिएको ‘स्प्रे मेसिन’ प्रदेश विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराइने जानकारी दिए ।

यस्तै कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले समयमै डेङ्गु रोग नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको औँल्याए ।  मुख्यमन्त्री थापालाई नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका धरानस्थित नगरसभापतिले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

कांग्रेसका नगरसभापति श्याम पोखरेल, एमालेका हर्कजङ एवेल, माओवादी केन्द्रका सर्वजित राई, नगरपालिकाका पूर्वप्रमुख तिलक राईलगायतले डेङ्गु नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि सहयोग गर्न मुख्यमन्त्री थापालाई आग्रह गरे ।

तीन महिनायता डेङ्गुका कारण ११ जनाको मृत्यु भएको छ ।

्र


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना