डेंगी नियन्त्रणमा काम गर्न मानवअधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

Wednesday August 16, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले डेंगी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै डेंगी संक्रमण बढ्दै जाँदा महामारीको रुप लिनसक्ने भन्दै त्यसतर्फ सचेत गराएको हो । आयोगले नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण एवं जीवनको अधिकार सुनिश्चित गर्न, डेंगी फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्यका लागि आग्रह गरेको हो ।

यस्तै सरसफाइ, जनचेतनालगायत कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेको छ । पछिल्लो एक महिनामा बिरामीको संख्या तीव्र रुपमा बढिरहेको अवस्थामा रोग नियन्त्रण तथा रोकथामका लागि जिम्मेवार निकाय संवेदनशील हुन नसक्दा नागरिकको जीवन नै जोखिममा परेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन् ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको