डिल्लीबजार कारागारका कैदीबन्दीहरुलाई सुन्धारा लगिँदै

Wednesday September 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।

काठमाडौको डिल्लीबजार कारागारका कैदीबन्दीहरुलाई सुन्धारा कारागार सारिन थालेको छ । आगजनी र तोडफोड गरेर डिल्लीबजार कारागारबाट भागेका सबै केदीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । झोला गुण्टा बोकेर हूलका हूल भागेका कैदीबन्दीहरुलाई सेनाले नियन्त्रणमा लिएर डिल्लीबजारमा ल्याएको थियो ।

यस क्रममा केही कैदीबन्दीहरुले सडकमै बसेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । डिल्लीबजार कारागारमा करिब ७ सय जति कैदी रहेकोमा करिब साढे तीन सय भागेको बताइन्छ ।

भागेका कैदीबन्दीहरुलाई नियन्त्रणमा लिन सेनाका दुईवटा बख्तरबन्द गाडीहरु समेत परिचालन गरिएको छ ।

तस्वीर, सामाजिक सञ्जाल


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान