डिल्लीबजार कारागारका कैदीबन्दीहरुलाई सुन्धारा लगिँदै
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।
काठमाडौको डिल्लीबजार कारागारका कैदीबन्दीहरुलाई सुन्धारा कारागार सारिन थालेको छ । आगजनी र तोडफोड गरेर डिल्लीबजार कारागारबाट भागेका सबै केदीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । झोला गुण्टा बोकेर हूलका हूल भागेका कैदीबन्दीहरुलाई सेनाले नियन्त्रणमा लिएर डिल्लीबजारमा ल्याएको थियो ।
यस क्रममा केही कैदीबन्दीहरुले सडकमै बसेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । डिल्लीबजार कारागारमा करिब ७ सय जति कैदी रहेकोमा करिब साढे तीन सय भागेको बताइन्छ ।
भागेका कैदीबन्दीहरुलाई नियन्त्रणमा लिन सेनाका दुईवटा बख्तरबन्द गाडीहरु समेत परिचालन गरिएको छ ।


तस्वीर, सामाजिक सञ्जाल