डाेटीकाे बाेगटानमा बन्दुकको छर्रा लागेर एक जनाकाे मृत्यु

Thursday February 12, 2026

पढ्न लाग्ने समय :


धनगढी:  डाेटीमा बन्दुककाे छर्रा लागेर एकजना युवककाे मृत्यु भएकाे छ। जिल्लाकाे बोगटान फुड्सिल गाउँपालिका- १ लफडाका ३० वर्षिय कलम धामीकाे बन्दुककाे छर्रा लागेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, डाेटीले बताएकाे छ ।

पोखरीका दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ्ग गरिरहेकाे अवस्थामा बुधवार साँझ सोही कोठामा राखिएको भरुवा बन्दुक पट्किएकाे र बाँया कन्चटमा छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएकाे छ।

प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीकाे कमाण्डमा प्रहरी टाेली घटनास्थलमा खटिएकाे छ। थप अनुसन्धानको लागि बिहान प्रहरी निरिक्षक नवराज रावलकाे कमाण्डमा अर्काे  प्रहरी टाेलि खटिएकाे छ।

घटनाकाे विषयमा अनुसन्धान जारी रहेकाे डाेटी प्रहरीले बताएकाे छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।