डढेलो तथा अग्नि नियन्त्रण दस्ता गठन

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


भरतपुर (चितवन) । चितवनको भरतपुर महानगरपालिका–१३ राइनोकुञ्जमा वन डढेलो तथा अग्नि नियन्त्रण प्रशिक्षण कार्यक्रम गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको आयोजनामा बेलसहर मध्यवर्ती सामुदायिक वनको परिसरमा प्रशिक्षण दिइएको हो ।

समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा सञ्जाल मृगकुञ्ज रत्ननगरका अध्यक्ष वसन्त रानाले वन डढेलोका कारण डढेलोबाट हुने विपद् र यसको समाधानका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए । चितवन राष्ट्रिय निकुञ्जका रेन्जर सुमन भट्टराईले वनमा आगजनी गर्नेलाई हुने कानुनी कारबाहीबारे प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रमपश्चात महादेव रानाभाटको संयोजकत्वमा १७ सदस्यीय अग्नि नियन्त्रण दस्ता गठन गरिएको छ । भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीले वन सम्पदा संरक्षणले मानव हित गर्ने भएकाले सबै सचेत भएर लाग्न जरूरी रहेको बताए । लुकीछिपी वन, नदी र वन्यजन्तुलाई असर पार्ने कुनै गतिविधि नगर्न उनले अनुरोध गरे ।

कार्यक्रममा अग्नि नियन्त्रणका विभिन्न सामग्री बेलसहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष शोभाखर अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि