ट्रम्पको ट्यारिफ दृष्टिकोणमा ठूलो गल्ती भएको बाइडेनको टिप्पणी

पढ्न लाग्ने समय :

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको ट्यारिफ दृष्टिकोणलाई एक ठूलो गल्ती रुपमा टिप्पणी गर्नुभएको छ । वाशिंगटनडिसीमा रहेको थिंक ट्याङ्क ब्रुकिङ्स इन्स्टिच्युसनमा सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
ट्रम्प देशमा ल्याइएका सबै आयातित सामानहरूमा अमेरिकी उपभोक्ताको सट्टा विदेशी देशहरूले ती शुल्कहरूको लागत वहन गर्नेछन् भन्ने गलत विश्वासमा ठाडो, विश्वव्यापी शुल्क लगाउन कटिवद्ध रहेको बताउनु भयो । उहाँले ट्रम्पको आर्थिक योजनाको पनि आलोचना गर्नुभयो ।