टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने

Thursday June 4, 2026

पढ्न लाग्ने समय :


अत्तरिया :  कैलाली०स् कैलालीको टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने भएको छ। अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा यही जेठ २३ र २४ गते सम्मेलन हुन लागेको हो।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले आज प्रतिनिधिसभा, राष्ट्रियसभा तथा सातवटै प्रदेशसभाका पदाधिकारीको सहभागिता रहने जानकारी दिए। उनले सम्मेलनमा सङ्घीय संसद् तथा सबै प्रदेशसभाले हालसम्म निर्माण गरेका कानुन, भएका प्रगति, आगामी दिनमा गर्नुपर्ने काम र कठिनाइकाबारेमा छलफल तथा अनुभव आदानप्रदान गरिने बताए।

“विशेषगरी राजनीतिक अस्थिरता र त्यसले सङ्घ तथा प्रदेशसभामा पार्ने प्रभाव एवं सभामुखको भूमिकामा अझ बढी पेचिलो हुने देखिन्छ,” उनले भने, “हामीले हाम्रो भूमिकालाई कानुन र संविधानको परिधिभित्र रहेर निष्पक्ष स्वतन्त्र हुँदाहुँदै पनि प्रश्न उठ्ने सन्दर्भमा अझ बढी छलफल गर्नुपर्ने जिम्मेवारी थपिएको जस्तो मलाई लाग्छ।” उनका अनुसार सम्मेलनमा सभामुख, उपसभामुख र सचिवको अलगअलग प्यानल बनाई समूहगत छलफल गरिनेछ।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री

धनगढीमा १० वर्षीय बालकको हत्या

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी