टीकपुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । सर्वाेच्च अदालतले आठजनाको ज्यान जाने गरी भएको टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ ।

सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता समीकरण जोगाउन सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसदसमेत रहेका रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई माफी मिनाहा गरेका थिए ।

तर, सर्वाेच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै टीकपुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ ।

‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो,’ फैसलाको पूर्णपाठमा उल्लेख छ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना