टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण

Wednesday October 9, 2024

पढ्न लाग्ने समय :


नेपाल—भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरीस्थित टिकाभैरवका बाढी पीडितलाई राहत वितरण गरेको छ । केन्द्रले गत असोज ११ र १२ गते भारी वर्षाका कारण आएको बाढीबाट प्रभावितहरुलाई बुधवार राहत वितरण गरेको हो । बाढीबाट प्रभावित ललितपुर जिल्लास्थित गोदावरी नगरपालिका वडा नं. ६ टिकाभैरव र वडा नं. १० का एकसय भन्दा बढी घरधुरीलाई राहत वितरण गरिएको हो । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको पहल र वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनको उपस्थितिमा केन्द्रको तर्फबाट सय भन्दा बढी घरधुरीलाई खाद्यान्न, जस्तापाता लगायतका सामग्री वितरण गरिएको छ । राहत वितरणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष अन्सारीले आफूहरुले बाढी प्रभावितहरुलाई मल्हम लगाउने काम गरेको बताउनुभयो । उहाँले विपद्मा परेकाहरुलाई सबै मिलेर सहयोग गर्नुपर्ने भन्दै त्यसका निम्ति आव्हान गर्नुभयो । उहाँले प्रभावितहरुलाई राहत दिन सरकारसँग आग्रह पनि गर्नुभयो ।

वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले अध्यक्ष अन्सारीले ललितपुर क्षेत्रमा विपद्को बेलामा आफ्नो प्रयत्नबाट राहत सामग्रीहरु वितरण गर्ने गरेको भन्दै यस प्रकारको कामको निरन्तरताको कामना गर्नुभयो ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली