टाइगर कप भलिबलमा दुई विदेशी टोली

Friday January 17, 2025

पढ्न लाग्ने समय :


टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा शुरु हुने भएको छ । टाइगर गुप्र अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म महिला र पुरुष भलिबल च्याम्पियनसिप हुने भएको हो । महिला र पुरुष दुवैमा समान एक विदेशी टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । पुरुषमा भारतको र महिलामा थाइल्याण्डको टोलीले प्रतिष्पर्धा गर्दैछन् । काठमाडौं शुक्रवार पत्रकार सम्मेलनमार्पmत टाइगर गुप्र अफ पोखराले प्रतियोगिताबारे जानकारी दिएको हो । महिला र पुरुषमा समान ६ टोली गरी १२ क्लवले प्रतिष्पर्धा गर्नेछन् । तीन विभागीय टोलीले नै सहभागिता रहनेछ ।
प्रतियोगितामा पुरुषतर्पm हेल्प नेपाल स्पोर्टस क्लव, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लव अमीन भारत, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र एपिएफ क्लवले प्रतिष्पर्धा गर्नेछन् । महिलामा भने सशस्त्र प्रहरी बलको एपिएफ, न्यु डायमण्ड स्पोटर््स क्लव, त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लव छन् । विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्पm उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिव एक करोड २५ लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ । २०७७ सालदेखि टाइगर कप भलिबल पोखरा रंगशालामा हुँदै आएको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले श्रीलंकाको लिग च्याम्पियन ल्याउने तयारी गरे पनि अन्तिम समयमा आन्तरिक समस्या देखाउँदै सहभागी नभएकाले उल्लेख गरे ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि