टर्कीको वैदेशिक व्यापार घाटा फेब्रुअरीमा २०.५ प्रतिशतले बढ्यो

Wednesday March 5, 2025

पढ्न लाग्ने समय :


टर्कीको व्यापार मन्त्रालयले मंगलवार जारी गरेको तथ्याङ्कअनुसार फेब्रुअरीमा टर्कीको वैदेशिक व्यापार घाटा लगभग ८.२ अर्ब अमेरिकी डलर पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.५ प्रतिशतले बढेको छ । मन्त्रालयले रिपोर्ट गरेअनुसार गत वर्षको सोही महिनाको तुलनामा आयात ३.८ प्रतिशतले बढेर २८.९ अर्ब डलर पुगेको छ र निर्यात १.५ प्रतिशतले घटेर २०.८ अर्ब डलर पुगेको छ ।

गत वर्षको सोही महिनाको तुलनामा निर्यातमा आएको गिरावटको कारण कठोर मौसमी अवस्था र कम काम गर्ने दिन रहेको टर्कीका व्यापारमन्त्री ओमर बोलाटले बताउनु भयो । २०२४ मा टर्कीको समग्र निर्यात लगभग २.५ प्रतिशतले बढेर २६२ अर्ब डलरको उच्चतम स्तरमा पुगेको छ । यसका साथै टर्कीको तथ्याङ्क संस्थानसँगको सहकार्यमा व्यापार मन्त्रालयले संकलित गरेको व्यापार तथ्याङ्क अनुसार, गत वर्ष देशको वैदेशिक व्यापार घाटा लगभग २३ प्रतिशतले घटेर ८२.२ अर्ब डलर पुगेको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको