टर्कीको वैदेशिक व्यापार घाटा फेब्रुअरीमा २०.५ प्रतिशतले बढ्यो

Wednesday March 5, 2025

पढ्न लाग्ने समय :


टर्कीको व्यापार मन्त्रालयले मंगलवार जारी गरेको तथ्याङ्कअनुसार फेब्रुअरीमा टर्कीको वैदेशिक व्यापार घाटा लगभग ८.२ अर्ब अमेरिकी डलर पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.५ प्रतिशतले बढेको छ । मन्त्रालयले रिपोर्ट गरेअनुसार गत वर्षको सोही महिनाको तुलनामा आयात ३.८ प्रतिशतले बढेर २८.९ अर्ब डलर पुगेको छ र निर्यात १.५ प्रतिशतले घटेर २०.८ अर्ब डलर पुगेको छ ।

गत वर्षको सोही महिनाको तुलनामा निर्यातमा आएको गिरावटको कारण कठोर मौसमी अवस्था र कम काम गर्ने दिन रहेको टर्कीका व्यापारमन्त्री ओमर बोलाटले बताउनु भयो । २०२४ मा टर्कीको समग्र निर्यात लगभग २.५ प्रतिशतले बढेर २६२ अर्ब डलरको उच्चतम स्तरमा पुगेको छ । यसका साथै टर्कीको तथ्याङ्क संस्थानसँगको सहकार्यमा व्यापार मन्त्रालयले संकलित गरेको व्यापार तथ्याङ्क अनुसार, गत वर्ष देशको वैदेशिक व्यापार घाटा लगभग २३ प्रतिशतले घटेर ८२.२ अर्ब डलर पुगेको छ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना