टर्किएले २०२४ मा समुन्द्रमा ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोक्यो

Friday January 3, 2025

पढ्न लाग्ने समय :


पछिल्लो तथ्याङ्कअनुसार टर्किएले सन् २०२४ मा आफ्नो समुन्द्र हुँदै युरोपेली देशहरूमा प्रवेश गर्ने प्रयास गर्ने ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोकेको बताएको छ । टर्की कोस्ट गार्डले आफ्नो वेबसाइटमा २०२४ मा सबै टर्की समुन्द्रहरूमा २ हजार ११ अनियमित माइग्रेसन घटनाहरू भएको जनाएको छ । अगस्टमा २४५ मामिलाहरूमा उच्चतम संख्या रिपोर्ट गरिएको बताइएको छ । ४५ आप्रवासीहरूले ज्यान गुमाएका छन् ।

तथ्याङ्कअनुसार गत वर्ष अवैध आप्रवासी र मानव तस्करी नियन्त्रणका लागि जारी प्रयासअन्तर्गत ४८४ संदिग्ध मानव तस्कर पक्राउ परेका छन् । जुन सन् २०२३ मा भएको १६९ पक्राउको तुलनामा उल्लेख्य वृद्धि भएको छ । टर्किए हुँदै युरोप पुग्ने प्रयास गर्ने आप्रवासीहरूका लागि एजियन सागर महत्वपूर्ण मार्ग भएको छ । राष्ट्रपतिको सञ्चार निर्देशनालयकाअनुसार टर्किएमा हाल ४० लाखभन्दा बढी आप्रवासीहरू छन् । जसमा अधिकांश सिरियाली छन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको