झिलिमिलि बत्तीहरुको बिक्रीमा बृद्धि भएसँगै अर्थतन्त्रमा सकारात्मक प्रभाव

Monday October 20, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार तिहारले मुलुकको अर्थतन्त्र चलायमान बनाएको छ । व्यवसायीहरुका अनुसार झिलिमिलि बत्तीहरुको बिक्रीमा बृद्धि भएसँगै अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको छ । व्यवसायीहरुले यस पालीको तिहारमा करिव ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीको कारोबार हुने अपेक्षा गरेका छन् ।

नेपाल विद्युत्तीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले यस वर्षको तिहारमा पनि बत्तीको कारोबार राम्रै देखिएको बताउनु भयो । तिहार सकिने बित्तीकै छठ पर्व शुरू हुने भएकाले झिलिमिलि बत्तीको कारोबार बढ्ने उहाको भनाई छ ।अध्यक्ष सापकोटले हाल बजारमा माग अनुसार पर्याप्त सामान उपलब्ध रहेको जानकारी दिनुभयो ।

काठमाडौं विद्युत व्यवसायी संघका अध्यक्ष मिलन शिवाकोटीले विगतका वर्षको तुलनामा यो वर्ष झिलिमिली बत्तिको बिक्री सन्तोषजनक नरहेको बताउनुभयो । उहाँका अनुसार निर्माण कार्यमा आएको सुस्ती र देशको राजनीतिक अनिश्चितताले बजारमा नकारात्मक असर पारेको छ । उहाँले आर्थिक वर्ष २०७६÷७७ सालदेखि सुरु भएको घट्दो व्यापार अहिलेसम्म आइपुग्दा करिव १५ देखि २० प्रतिशतले घटेको बताउनु भयो । समग्रमा अहिलेको बजारमा व्यापार घट्दो भएपनि प्रविधिमा आधारित नयाँ उत्पादनहरूप्रति ग्राहकहरूको चासो बढ्दो रहेको र व्यवसायीहरूका लागि पनि चुनौती र अवसर रहेको उहाँको धारणा छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि