झलनाथको टिप्पणी- सत्ता गठबन्धनले नै संविधानको उल्लंघन गरिरहेको छ

Saturday August 26, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले बारम्बार संविधानविपरीत काम गरेको बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

नेता खनालले भने, ‘हामी संविधानको रक्षा गर्ने भन्छौं, तर संविधानको रक्षा गर्ने हाम्रो जो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा मात्रै दुईचोटी संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला गरेको छ ।’

कोशी प्रदेशमा सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा गत ११ साउनमा सर्वोच्च अदालतले उद्धव थापाको पद खारेज गरिदिएको थियो । त्यसपछि सभामुखलाई राजीनामा गराएर उनको समेत समर्थन लिएर पुनः मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिको समेत मत लिएका थिए ।

मुख्यमन्त्रीले पुनः संविधान उल्लंघन गरेको भन्दै एमालेले दिएको रिटमा बिहीबार सर्वोच्च अदालतले संविधानसम्मत भन्न नमिल्ने आदेश गरेको थियो । नेता खालले यो विषयमा पार्टीले स्पष्ट धारणा राख्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ, हाम्रो पार्टी क्लियर हुनुपर्छ, हामी गठबन्धनको नाउँमा उनीहरुले गरेका गलत कामको शिकार हुनुहुँदैन ।’ उनले एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना रहेको समेत बताए ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको