जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने सरकारको निर्णय

Wednesday August 23, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । पर्यटन मन्त्रालयको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकले स्वर्गीय गायक जुठबहादुर खड्गी अर्थात टुहुरेलाई उक्त उपाधि दिने निर्णय गरेको हो ।

गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनको २ वर्षपछि सरकारले उपाधि दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

२० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको