जेनजीद्वारा राज्यका तीनै अंगमा नियन्त्रण

Tuesday September 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।
मंगलबार उग्र बनेका जेनजी प्रदर्शनकारीहरुले राज्यका तीनै अंग व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालतमा नियन्त्रण गरेका छन् ।

मंगलबार तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । आन्दोलनकारीहरू सिंहदरबार, न्यायपालिका र संसद भवनमा तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै संयम रहँदै शान्तिपूर्ण राजनीतिक समाधानका लागि अपिल गरेका छन् ।

प्रदर्शनकारीहरुले संसद भवन नयाँ बानेश्वरमा सम्पूर्ण रूपमा नियन्त्रणमा लिएका छन् । त्यहाँका अधिकांस भौतिक संरचनाहरू तोडफोड भएका छन् । प्रदर्शनकारीले त्यहाँ आगजनी पनि गरेका छन् ।

प्रदर्शनकारीहरुले सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत लगायतका सबै भवनहरूमा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती