जेनजीद्वारा राज्यका तीनै अंगमा नियन्त्रण
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।
मंगलबार उग्र बनेका जेनजी प्रदर्शनकारीहरुले राज्यका तीनै अंग व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालतमा नियन्त्रण गरेका छन् ।
मंगलबार तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । आन्दोलनकारीहरू सिंहदरबार, न्यायपालिका र संसद भवनमा तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै संयम रहँदै शान्तिपूर्ण राजनीतिक समाधानका लागि अपिल गरेका छन् ।
प्रदर्शनकारीहरुले संसद भवन नयाँ बानेश्वरमा सम्पूर्ण रूपमा नियन्त्रणमा लिएका छन् । त्यहाँका अधिकांस भौतिक संरचनाहरू तोडफोड भएका छन् । प्रदर्शनकारीले त्यहाँ आगजनी पनि गरेका छन् ।

प्रदर्शनकारीहरुले सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत लगायतका सबै भवनहरूमा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।