जुम्लामा ४७ करोड बढी राजस्व संकलन

Sunday August 20, 2023

पढ्न लाग्ने समय :


जुम्ला । जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा ४७ करोड बढी राजस्व संकलन गरेको छ । सदरमुकाम खलङ्गास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९-८० मा वार्षिक राजस्वको लक्ष्य रू ४७ करोड ५६ लाख रहेकामा रू ४७ करोड २६ लाख संकलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार यो लक्ष्यको ९९ दशमलव ४१ प्रतिशत हो ।

‘यस कार्यालयको राजस्व संकलनको अवस्था राम्रो रहेको छ’, सूचना अधिकारी उपाध्यायले भने, ‘आव २०७८-७९ को तुलनामा रू सात करोड बढी राजस्व संकलन भएको छ ।’ विभिन्न शीर्षकबाट उक्त राजस्व संकलन भएको सूचना अधिकारी उपाध्यायको भनाइ थियो ।

उनका अनुसार कार्यालयको कार्यक्षेत्रभित्र पर्ने माथिल्लो कर्णालीअन्तर्गत जुम्ला, कालिकोट र मुगुका गरी २५ हजार करदाता सङ्ख्या बढेका छन् । १३ हजार व्यवसायी प्यानमा दर्ता भएका छन् भने  करिब १२ हजार व्यक्तिगतरुपमा प्यानमा दर्ता भएका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

साउनमा चार करोड ५५ लाख राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो महिनामा रू चार करोड  ५५ लाख  राजस्व संकलन भएको जनाएको छ । साउनमा तीन करोड ८६ लाख राजस्व उठाउने लक्ष्य रहेकामा राजस्व असुली चार करोड ५५ लाख पुगेको कार्यालयका सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको