जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही विजयी

Saturday March 7, 2026

पढ्न लाग्ने समय :


जुम्ला :  जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही विजयी भएका छन। २०७९ सालमा निर्वाचित भएका शाही पुनः दोस्रो पटक पनि निर्वाचित भएका हुन।

शाही १४ हजार ८१६ मत प्राप्त गर्दै विजयी भएका छन।

शाहीका प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे। २०७९ मा २२ हजार ८१९ मत पाउनुभएका शाहीले दोस्रो पटक १४ हजार ८१६ मत प्राप्त गरे।

विगतमा प्रतिनिधि सभा सदस्य नदोहोर्‍याउने जुम्लाले यस पटक भने सांसदमा शाहीलाई दोहोर्‍याएको छ। जुम्लामा शाहीले इतिहास रचे। दुई पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजय प्राप्त गर्दै शाहीले इतिहास रचेका हुन। २०५६ देखि २०७९ सम्मको निर्वाचनमा एक पटक भन्दा कोहि पनि सांसद दोहोरिएका छैनन्।

नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ७ हजार १४३, नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२१, नेपाल मजदुर किसान पार्टीले ४००, प्रगतिशिल लोकतान्त्रिक पार्टीले ११३, नेपाल जनता पार्टीले ४३, नेकपा माओवादीले ७० र स्वतन्त्र उम्मेदवार भक्त रावलले १४ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले बताए।

जुम्लाका ७१ हजार ७ सय ३९ मतदाता मध्य ४० हजार ८ सय ९७ मत खसेको थियो। जसमा महिला तर्फ २१ हजार १८५ र पुरूष तर्फ १९ हजार ७१२ मत खसेको छ। समानुपातिक ४१ हजार ६३१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जुम्लामा ५७ प्रतिशत मत खसेको हो। जुम्लामा १ हजार ७०५ मत बदर भएको छ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा