जिल्ला अस्पताल बैतडीकोे गोदाममा आगलागी

Monday May 18, 2026

पढ्न लाग्ने समय :


बैतडीः जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ।

पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आइतवार दिउँसोे आगलागी भएको हो। नजिकै रहेको फोहर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको मद्दतमा ४ः०० बजे आगो नियन्त्रणमा लिइएको उनले बताए। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते