जापानी सम्राट नारुहितोले जुनमा बेलायत भ्रमण गर्ने

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


टोकियो । जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाकोले आगामी जुन महिनाको अन्त्यतिर करिब एक साताका लागि बेलायतको भ्रमण गर्ने भएका छन् । बेलायती राजा चार्ल्स तृतीयले ‘आफू पनि क्यान्सरसँग लडिरहेको’ बताएको केही सातापछि वेल्सकी राजकुमारी क्याथरिनलाई क्यान्सर भएको शुक्रबार खबर सार्वजनिक भएको थियो ।

सन् २०२२ को सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा भाग लिन बेलायत गएका जापानी शाही दम्पतीको त्यसपछिको यो पहिलो बेलायत भ्रमण हो । राजा चार्ल्सको गद्दी आरोहणपछि यो उनीहरूको दोस्रो अन्तर्राष्ट्रिय सद्भावना भ्रमण हो । उनीहरूले गत वर्ष इन्डोनेसियाको भ्रमण गरेका थिए ।

‘योमिउरी शिम्बुन’ पत्रिकाका अनुसार दुवै देशका सरकारले राजाको उपचार तालिकामा ध्यान दिएर भ्रमणको योजना बनाइरहेका छन् । जिजी प्रेसले पनि भ्रमणको कार्यतालिका ‘सावधानीपूर्वक’ मिलाइएको जनाएको छ।

जापानी शाही दम्पतीले राजकीय अतिथिका रूपमा बेलायतको भ्रमण गर्नुका साथै लण्डनको बकिङ्घम प्यालेसमा आयोजना हुने स्वागत समारोह तथा भोजमा सहभागी हुनेछन् । उनीहरूले विभिन्न समयमा अध्ययन गरेका अक्सफोर्ड विश्वविद्यालयको भ्रमण पनि जापानी सम्राट्को भ्रमण तालिकामा रहने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा जापानी राष्ट्राध्यक्ष नारुहितो र साम्राज्ञी मासाकोले बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नीसँग भेटवार्ता गर्ने र मध्यान्हको भोजमा सरिक हुने बताइएको छ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती