जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


टोकियो । जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ ।

टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो ।

विस्फोट हुनु पहिले सुदूर पहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको र केही सेकेन्ड भित्रमा नैै विस्फोट भई जमिनमा भीषण ज्वालासहित खसेको थियो ।

“पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्रविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ”, स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “विस्तृत अनुसन्धान भइरहेको छ ।”

नजिकैको नदी किनारलगायत सार्वजनिक दृश्यावलोकन स्थलहरूमा भेला भएका सयौं युवा र वृद्ध दर्शकहरूले देखेका नाटकीय दृश्यहरूमा रकेटको पानी छर्किन प्रयोग गरिने यन्त्र (स्प्रिङ्कलर) ले पानी छ्याप्न थालेपछि जलिरहेको भग्नावशेष जमिनमा खसेको थियो ।

एक वृद्ध व्यक्तिले सार्वजनिक प्रसारक एनएचकेसँग भने, “मैले यो रकेट प्रक्षेपणबाट धेरै आशा गरेको थिएँ, सफलता मिल्न सकेन त्यसैले म निराश छु । के भयो अनुसन्धान भइरहेको बताइएको छ पछि थाहा हुने नै छ ।”

यो असफलताले सम्भावित आकर्षक स्याटेलाइट–प्रक्षेपण बजारमा प्रवेश गर्ने जापानको प्रयासलाई धक्का दिएको छ ।

स्पेस वनले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने राष्ट्रको पहिलो निजी फर्म बन्ने आशा गरेको छ र यो आशा काइरोसबाट गरिएको थियो ।

प्राचीन ग्रीक भाषा अनुसार काइरोसको अर्थ ‘सही क्षण’ हो । उडानको लगभग ५१ मिनेटपछि उक्त सही क्षण आउने अपेक्षा कम्पनी र अन्तरिक्षविद्हरूले गरेका थिए ।

पार्टपुर्जाको अभाव र अन्य समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि कैरोसको प्रक्षेपण पाँच पटक स्थगित गरेको थियो ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको