जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने

Thursday August 31, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ ।

हाल पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए।

उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ । सोअनुसार पार्टीका प्रादेशीक संरचनले  पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफै गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको