जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने

Sunday January 26, 2025

पढ्न लाग्ने समय :


अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । आईतवार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अध्यक्ष राईको राजनीतिक प्रविदेदन समेत सर्वसम्मत पारित गरेको पार्टी महासचिव मोहम्मद इस्तियाक राईले बताउनु भयो ।

उहाँले पार्टीको जिल्ला र प्रदेश कमिटिहरुलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदन समेत पारित गरेको बताउनु भयो । पार्टी संघीय परिषदको भेला आयोजना गर्नुभन्दा अगावै पार्टीलाई पूर्णता दिने निर्णय भएको महासचिव राईले बताउनु भयो । उहाँले बैठकमा संविधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनता समाजवादी पार्टीको दोस्रो बैठक आज सम्पन्न भएको छ । एउटा अध्यक्षज्युबाट समग्र विषयमा एउटा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रश्ताव र समसामयिक प्रश्तावहरु र संघीय परिषद्को भेला चैत महिनामा काठमाडौंमा आयोजना गर्ने प्रश्तावहरु पारित भएका छन् । सांगठनिक प्रतिवेदनमा खालि भएका विभागहरु र संरचनाहरुलाई पूर्णता दिने निर्णय समेत भएको छ । हामीले संघीय परिषद्को भेला आयोजना हुनुभन्दा अगावै बाँकी रहेका जिल्ला र प्रदेश कमिटिहरु गठन गर्ने प्रश्ताव समेत पारित गरेका छौं । साथै समसामयिक राजनीति र संविधान संशोधनका एजेण्डाहरुमा चर्चा र परिचर्चा भएको छ । मुख्यतः साना दलहरु एकीकृत रुपमा मिलेर अघि बढ्ने जुन विषय छ । यस विषयमा समेत छलफल भएको छ ।’

बैठकमा मधेसवादी दलहरु एकीकृत भएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको बताउनु भयो ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना