जलवायु परिवर्तनको न्युनिकरण आवश्यकः वनमन्त्री ठकुरी

Wednesday November 20, 2024

पढ्न लाग्ने समय :


वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको जोखिम व्यवस्थापनका लागि नीति, प्राविधिक ज्ञान र कार्यान्वयनका प्रक्रियाहरुलाई एकीकृत गर्न आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको असरले नेपालीहरुको जीवनमा गहिरो असर पारिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असरले वन,पानी,जैविक विविधता र मानव सबै प्रभावित हुँदा नेपाल जस्ता हिमाली देशहरुमा विपद्को जोखिम बढेको बताउनु भयो । उहाँले जलवायु परिवर्तन न्युनिकरण र दिगो समाधानको लागि क्षेत्रिय सहयोगमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा जलवायु परिवर्तनका असरहरु गम्भिर रुपमा देखापरेको भन्दै हिमाली क्षेत्रमा हिम नदीहरु तिब्र गतिमा पग्लिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असरले जलप्रवाहमा अस्थिरता ल्याउँदै खडेरी र बाढीको जोखिम बढाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनको असरले नेपालीहरुको जीवनमा गहिरो असर पारिरहेको छ । वन,पानी,जैविक विविधता र मानव सबै प्रभावित भएका छन् । नेपाल जस्ता हिमाली देशहरुको यो विषय धेरै महत्वपूर्ण छ । सम्मेलन हामीलाई जलवायु परिवर्तनबाट अनुकुलित हुन सहयोग पु¥याएको छ । जलवायु परिवर्तन न्युनिकरण र दिगो समाधानको लागि क्षेत्रिय सहयोग जोड दिएको छ । नेपालमा जलवायु परिवर्तनका असरहरु गम्भिर रुपमा देखापरेका छन् । हिमाली क्षेत्रमा हिम नदीहरु तिब्रगतिमा पग्लिरहेका छन् । जसले जलप्रवाहमा अस्थिरता ल्याउँदै खडेरी र बाढीको जोखिम बढाएको छ । कृषि उत्पादनमा कमी,मौसमि परिवर्तन र तापक्रम वृद्धि गरी जनजीवनमा प्रत्यक्ष असर परिरहेको छ । वैविक विविधता संकटमा परेको छ । उच्च हिमाली र तराईका जनताले खाद्य सुरक्षा र पानीको अभाव लगायत विपद्को सामाना गरिरहेका छन् ।हामीले जलवायु जोखिम व्यवस्थापनका लागि नीति प्राविधिक ज्ञान र कार्यान्वयनका प्रक्रियाहरुलाई एकिकृत गर्नुपर्ने आवश्यकता छ ।’

उहाँले कृषि उत्पादनमा कमी,मौसमि परिवर्तन र तापक्रम वृद्धि गरी जनजीवनमा प्रत्यक्ष असर परिरहेको भन्दै वैविक विविधता संकटमा परेको बताउन ुभयो । उहाँले उच्च हिमाली र तराईका जनताले खाद्य सुरक्षा र पानीको अभाव लगायत विपद्को सामाना गरिरहेको उल्लेख गर्नुभयो ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना