‘जलवायुजन्य मुद्दामा मिडियाको प्रभावकारिता बढाऔँ’

Thursday November 21, 2024

पढ्न लाग्ने समय :


जलवायुजन्य मुद्दामा मिडियाको भुमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ । मिडियाको स–शक्त भुमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञहरुले जोड दिएका हुन् । बिहीवार अजरबैजानको बाकुमा आयोजित ‘नेपाली मिडिया र कोप २९ः जलवायु न्यायका लागि दिशा निर्देश’ विषयक अन्तरक्रियामा विज्ञहरुले जलवायुजन्य विषयमा मिडियाको प्रभाव विश्वव्यापी बनाउन आग्रह गरिएको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढुंगानाले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा समन्वयात्मक ढङ्गले काम भइरहेको जानकारी दिनुभयो ।
‘जलवायु परिवर्तनको मुद्दा सबैको हो भन्ने अनुभुति गराउने प्रयासमा छौँ’ ढुंगानाले भन्नुभयो– ‘जलवायुको मुद्दा  सवैको सरोकारको विषय भएकाले न्यायका लागि सबै सकारात्मक हुन जरुरी छ ।’
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले नेपालका जलवायु सम्बन्धि मुद्दा विश्वव्यापी गराउन मिडियालाई साझेदारका रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । ‘जलवायु न्याय समग्र नेपालको विषय हो, समस्याको विश्वव्यापीकरणका लागि मिडियाको विकल्प छैन’महाप्रवन्धक ऐरीले भन्नुभयो– ‘यो सवालमा राज्यले नै मिडियाको भुमिका प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ ।’

कार्यक्रममा न्युज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेलले पछिल्लो समय सञ्चारमाध्यमहरुले जलवायु परिवर्तनका मुद्दालाई विशेष रुपले उठाउने गरेको बताउनु भयो । उहाँले सरकार र यस क्षेत्रका कार्यरत संघसंस्था सहित सञ्चारमाध्यमहरूसंग सहकार्य हुनसके जलवायु मुद्दा उठान अझ प्रभावकारी बन्ने बताउनु  भयो । उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको विषय प्राविधिक र जटिल हुने भएकाले यसमा सरकार र यससँग सम्बन्धित संघ, संस्थाहरुको पहलसँगै विषयवस्तुमाथिको जानकारीसहितको मिडियासँगको त्रिपक्षिय सहकार्य हुनसके जलवायु परिवर्तनले नेपाललाई पारेको असर लगायतका मुद्दामा विश्वको ध्यान केन्द्रित गर्नेगरी मिडियाले प्रभावकारी भुमिका खेल्नसक्ने थियो ।’ 

कार्यक्रममा ओबिआइटी, डब्ल्युडब्ल्युएफ नेपालका नेशनल प्रोजेक्ट म्यानेजर राजन थापाले नागरिक र सरकारबीचको ग्याप मिडियाले निभाउनुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनसम्बन्धी मुद्दाहरुबारे जनस्तरमा सचेतना फैल्याउनका लागि पनि मिडियाको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।
सम्मेलनमा नेपाली सञ्चारमाध्यमलाई पनि प्रभावकारी बनाउने गरी नीति बनाउन जरुरी रहेकोमा सहभागीहरुले जोडदिएका छन् । कार्यक्रममा बाकुमा रहेका नेपाली प्रतिनिधि, सञ्चारकर्मी लगायत नेपालबाट विभिन्न क्षेत्रका युवाहरुको भर्चुअल सहभागी रहेको थियो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको