जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल

Sunday November 24, 2024

पढ्न लाग्ने समय :


भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायातको पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । जलवायुजन्य प्रकोपका कारण मुलुकका विभिन्न भागका सडक लगायतका भौतिक पूर्वाधारमा ठूल्ठूला क्षति भइरहेका बेला उहाँले सो आवश्यकता औंल्याउनुभएको हो । आईतवार काठमाडौंमा आयोजित यातायात पूर्वाधारसम्बन्धि प्राविधिक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री दाहालले यातायातको पूर्वाधार निर्माणमा मुलुकलाई विज्ञहरुको आवश्यकता रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले वातावरणीय दृष्टिकोणबाट पनि अनुकुल हुनेगरी सडकलगायतका यातायात पूर्वाधार निर्माण गर्नका लागि सम्बन्धित क्षेत्रका विज्ञहरु हुनुपर्ने भएकाले सरकारले सोहीअनुसार अघि बढ्ने सोच बनाएको बताउनु भयो ।
मन्त्री दाहालले भन्नुभयो, ‘इन्फास्ट्रक्चरमा इन्जिनियरिङ गरेका अथवा विज्ञता गरेकाहरुको हामीलाई आवश्यकता छ । र हाईड्रोलोजीमा विज्ञता गरेकाहरु पनि आवश्यक छ । र इन्भारोमेन्टल्ली पनि हामीले सोच्नुपर्नेछ । बाटाहरु बनाउने, सडक यातायातलाई व्यवस्थित गर्ने, यातायातका साधनहरुको सन्दर्भमा व्यवस्थित गर्ने इन्भारोमेन्टलाई मध्यनजर गरेर, क्लाईमेट चेन्जको ईस्युलाई पनि हामीले सम्बोधन गर्ने गरी सोच्नुपर्ने भएको छ ।’

मन्त्री दाहालले भौतिक पूर्वाधारको क्षेत्रमा खुलेर काम गर्नका लागि सरकारलाई बजेटको पनि अभाव रहेको दोहो¥याउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको