जनतासँग गरेका वाचा पूरा गर्छु : नेता आले

Friday November 25, 2022

पढ्न लाग्ने समय :


डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आज डोटीमा आयोजित कार्यक्रममा आलेले आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङको उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र आफ्नो पाँचवर्षे कार्यकालभित्र सो सडक निर्माण गरिसक्ने बताए ।

सो कार्यक्रममा उनले भने, “जनताका बीचमा विकास निर्माणका जुनजुन प्रतिबद्धता मैले गरेको छु, ती सबै पूरा हुन्छन् र मैले गर्नेछु । मेरो प्राथमिकताका काम गर्न म अहोरात्र खट्नेछु ।” द्रुतमार्गको निर्माण आफ्नो प्रमुख मुद्दा रहेको पनि उनले उल्लेख गरे ।

उनले निर्वाचनको समयसम्म आफू जुन दलमा आबद्ध रहेको भए पनि अब आफूलाई कसले मत दियो भनेर नहेर्ने र डोटीको समग्र विकासमा लाग्ने प्रण पनि गरे । उनले भने, “अब म कुनै एक दलको मात्रै नेता होइन, सबै डोटेली जनताको नेता भएको छु, त्यसैले डोटीका जनताको हितका लागि लागिपर्नेछु ।”

सङ्घीय संसद्मा उनको यो लगातार तेस्रोपटक विजय हो । डोटी निर्वाचन क्षेत्र नं २ बाट विसं २०७० को दोस्रो संविधानसभा सदस्य विजयी उनी २०७४ र यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।


भर्खर

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

धनगढीबाट होटल सञ्चालकमाथि कुटपिट गर्ने युवक पक्राउ

धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा गत जेठमा होटल सञ्चालकमाथि कुटपिट गरेर फरार भएका एक जना धनगढीबाट