जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छः कानूनमन्त्री

Wednesday December 4, 2024

पढ्न लाग्ने समय :


कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनतालाई न्याय दिन बाधा पुग्ने कानूनी अफ्ठ्याराहरु फाुकाइने बताउनुभएको छ । मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो कार्यकालमा संविधानमा देखिएको कमी कमजोरीहरु फुकाएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा जनतालाई न्याय दिन अफ्ठ्यारो भएका ठाउँहरुमा संविधान संशोधन हुने जिकिर गर्नुभयो । नागरिकलाई सहज बनाउनका लागि कानून संशोधन हुने र विधेयक ल्याइने बताउनु भयो । कानूनमन्त्री चौरसियाले अहिलेको व्यवस्थामा समस्या र चुनौति भएपनि समाधानको उपाय उच्च नैतिक मूल्यका साथ खोज्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एउटा कुरा म विश्वस्त छु । मेरो कार्यकालमा संविधानमा जहाँ जहाँ कमी, कमजोरी देखिएको छ । जुनजुन कारणले जनतालाई न्याय दिन यो लोकातान्त्रिक व्यवस्थामा अफ्ठ्यारो छ । त्यहाँ त्यहाँ संविधान संशोधन हुन्छ । ऐन कानून संशोधन हुन्छ । विधेयक ल्याइन्छ ।’

मन्त्री चौरसियाले न्याय बिनाको लोकतन्त्र अधुरो रहने र अघि बढ्न नसक्ने बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको