जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग आन्दोलन भयोः नेता कोईराला

पढ्न लाग्ने समय :

नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरुले प्रदर्शन गरेको बताउनुभएको छ । भmापामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरुमा पनि हुने गरेको भन्दै नागरिकहरु असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताउनु भयो । गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने बताउनु भयो । उहाँले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गर्नुभयो । गणतन्त्रका रक्षकहरुले राम्रो काम गरेर देखाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अरुले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ । हामीले कसरी लिएका छौँ । राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन । जनतालाई कतिको खुशी पार्न सकेका छौँ भन्ने हो । गणतन्त्र ल्यायौँ । त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो । राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन । माईखोलामा धेरै पानी बगिसक्यो मलाई लाग्दैन । हामीले राम्रो काम गरेर देखाउने हो ।’
सांसद कोईरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद बोलाउने समयमा ल्याउनु गलत भएको बताउनु भयो । उहाँले पाँच वटा अध्यादेश संसदबाट स्वीकृत भएपनि भूमी सम्बन्धी अध्यादेश किन् स्वीकृत नगरिएको भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अध्यादेशमा मैले कन्टेन्ट भित्रको कुरा गरेको होइन । सरकारलाई एकदमै जरुरत परे अध्यादेश ल्याउनसक्ने संविधानमा व्यवस्था छ । अध्यादेश संसद नचलेको बेलामा ल्याउने हो । अहिले जुन ५ वटा ६ वटा अध्यादेश आयो, संसद नबोलाउने, संसदलाई टार्ने, त्यसको ६ दिनपछि संसद बोलाउने । अध्यादेश राम्रै होला, ५ वटा पास भयो हिजो । कानून बन्ला, त्यरी अघि बढ्ला । के कारणले भूमि सम्बन्धी अध्यादेश रोक्नुभयो । त्यो त स्वीकृत हुन ल्याइएन । अर्थतन्त्र जर्जर अवस्थामा छ ।’
सांसद कोईरालाले नेपाली काँग्रेस सत्तामा रहेको तर सरकारमा नरहेको जिकिर गर्नुभयो ।