जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा

Tuesday March 26, 2024

पढ्न लाग्ने समय :


गोदार (धनुषा) । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ । बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती एकअर्कालाई रङ्ग अबिर दली होली पर्व मनाइरहेका छन् ।

पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह (पञ्चकोशी) परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिका आज मनाउन लागिएको हो । यति मात्रै होइन जनकपुरधाममा केहीले बुधबार पनि होली मनाउने जनाइएको छ । जनकपुरधामबाहेक मधेस प्रदेशका अन्य जिल्ला तथा जनकपुरधाम अवस्थित धनुषा जिल्लाकै विभिन्न ठाउँमा सोमबार नै होली मनाइसकिएको छ ।

होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ्ग हालेर एकअर्कालाई रङ्गीन बनाउँछन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ । होलीका लोकगीत, सङ्गीतले आज बिहानदेखि जनकपुरधाम गुञ्जायमान भएको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुनको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने पारामा जिक्स्याउने प्रचलन छ ।

यहाँ फागू पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अबिर, सिन्दूर, चढाइ पूजा गरिन्छ । विभिन्न परिकार बनाई खुसियाली साथ खाने–खुवाउने चलन रहेको छ । खानापछि एकअर्कालाई अँगालो मारी माया–प्रेम बाँड्ने चलन छ । दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एकअर्कालाई अबिर लगाई नरिवल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ ।

मधेसको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्ने र भ्रातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ । त्रेतायुगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैँ आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।

अर्को एक प्रसङ्गअनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंसकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चिरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । यस अवसरमा मधेस प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले जनाएका छन् ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि