छन्द-तरङ्गको छैटौं वार्षिकोत्सव

Tuesday October 1, 2024

पढ्न लाग्ने समय :


छन्द–तरङ्ग, काठमाडौँले आफ्नो छैटौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्दसाधक कविहरू गोविन्दराज विनोदी र रूपक अलङ्कारलाई प्रदान गरेको छ। कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा.देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द(तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा २०७९ सालदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एकजना वरिष्ठ कवि र एक जना युवाकविलाई पुरस्कृत गर्ने गरेको छ।

काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ इतिहासविद् तथा नेपाल प्रज्ञा(प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त, विशिष्ट अतिथि प्रा। मोहन सिटौला र अक्षयकोष संस्थापकमध्येकी ज्येष्ठ सदस्य नेत्रकला ज्ञवालीले दुई पुस्ताका कविहरू विनोदी र अलङ्कारलाई उक्त पुरस्कार प्रदान गरेका थिए।

प्रमुख अतिथि प्रा. पन्त र विशिष्ट अतिथि प्रा. सङ्ग्रौलाले जोरपानसमा बत्ती बालेर संयुक्त रूपमा उद्घाटन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ पन्तले छन्दसाधक द्वय विनोदी र अलङ्कारले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गरे।


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ