चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आगामी चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदर अधिकांश बैंकहरुले घटाएका छन् । २० वटा बाणिज्य बैंकमा अधिकांशले मुद्दति निपेक्षको ब्याजदर घटाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई यथावत राखेका छन् ।

जसमध्ये कृषि विकास बैंकले शून्य दशमलव ७७६ प्रतिशत ब्याजदर घटाएर चैत महिनाका लागि ५ दशमलव ६६६ प्रतिशत नयाँ ब्याजदर कायम गरेको छ । त्यसैगरी, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्स बैंक, राष्ट्रिय बाणिज्य बैंक, प्राइम कमर्शिएल बैंक, सानिमा, नविल, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, एभरेष्ट, लक्ष्मी सनराइज, माछापुछ्रे, कुमारी, नेपाल एसबीआई, हिमालयन, सिटिजन्स, एनएमबी, सिद्धार्थ बैंकले ब्याजदर घटाएका छन् ।

फागुन महिनाकै ब्याजदरलाई यथावत राख्ने बैंकहरुमा प्रभु, ग्लोबल आइएमई छन् । त्यसैगरी, एनआइसी एसिया बैंकले शून्य दशमलव ५४८ प्रतिशतले ब्याजदर बढाएको छ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना