चैतन्य पाठशालाले ४५ जनालाई पूर्ण छात्रवृत्ति दिने

Tuesday May 12, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले कक्षा ११ मा ४५ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि मङ्गलवार पत्रकार सम्मेलन गर्दै उक्त विद्यालयले केहीलाई निःशुल्क आवाससहित ४५ जनालाई पूर्ण छात्रवृत्तिमा पठनपाठन गराउने जनाएको हो ।
प्रतिस्पर्धात्मक परीक्षाको आधारमा उत्कृष्ट २५ जनालाईसहित विभिन्न क्षेत्रमा विशिष्ट क्षमता भएका प्रदेशका प्रत्येक जिल्लाबाट दुई–दुई जना विद्यार्थीलाई निःशुल्क पठनपाठन गराउने पाठशालाका कार्यकारी अध्यक्ष गणेशप्रसाद जोशीले बताए।
उनले क्रिकेट, फुटबल, फुटसल, मार्शलआर्ट लगायतका खेलकुदमा कम्तिमा प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाइ उल्लेखखनीय उपलब्धी हाँसिल गरेका विद्यार्थीलाई जिल्लाबाट छात्रवृत्तिमा समेटिनु जानकारी दिए । यसैगरी, विद्यालय तहमा गणित, विज्ञान आदि विषयमा उल्लेखनीय उपलब्धी हासिल गरेको, कला क्षेत्र, नेतृत्व क्षमता, वक्तृत्वकला, उद्यमशीलतामा उल्लेखनीय उपलब्धी हासिल गरेकालाई पनि जिल्लाबाटै छात्रवृत्तिमा समेटिने जनाइएको छ । छात्रवृत्तिको लागि विद्यालयले आवेदन माग गरेको छ ।
अपी एजुकेशन प्रोजेक्ट अन्तर्गत छात्रछात्रा एक–एक गरी दुई जनालाई आवाससहित पूर्ण छात्रवृत्ति दिने विद्यालयले जनाएको छ । शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मान भन्ने मूल नाराका साथ आफ्नो विद्यालयले विभिन्न सामाजिक क्षेत्रमा समेत सहयोेग गर्दैआएको अध्यक्ष जोशीले बताए ।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री

धनगढीमा १० वर्षीय बालकको हत्या

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी