चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

Sunday May 12, 2024

पढ्न लाग्ने समय :


चितवन । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ ।

आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

उनले ६ जनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गर्दा बस पूर्णरूपमा जलेको बताए । “प्रहरी घटनास्थलमा पुगी घटनाको विवरण लिने काम भइरहेको छ । थप अनुसन्धानपछि मात्रै कसले र किन बम प्रहार गरेको भनेर खुल्ला”, उनले भने ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना