चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यववस्था गरेको छ । चन्द्रपुर नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै नगरक्षेत्रका नागरिकले विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बालविवाह अन्त्य गर्न पालिकाभित्रका दशवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको बताए । कम उमेरमा विवाह हुँदा प्रजनन् स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो ।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको छ । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्म दर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने चन्द्रपुर नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको