चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यववस्था गरेको छ । चन्द्रपुर नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै नगरक्षेत्रका नागरिकले विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बालविवाह अन्त्य गर्न पालिकाभित्रका दशवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको बताए । कम उमेरमा विवाह हुँदा प्रजनन् स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो ।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको छ । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्म दर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने चन्द्रपुर नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ ।


भर्खर

कैलालीमा जंगलभित्र युवतीकाे हत्या

धनगढी :  कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र एक युवतीकाे शव फेला परेकाे छ।

कैलाली-५ : साउँदको प्रतिबद्धता पत्र सार्वजनिक

धनगढी : प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउँदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

धनगढीकाे बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी: कैलालीकाे धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने