घरजग्गा कारोबारलाई नीतिगत रुपमा व्यवस्थित नगर्दा समस्या आयोः व्यवसायी

Friday December 13, 2024

पढ्न लाग्ने समय :


घरजग्गा कारोबारलाई सरकारले नीतिगत रुपमा व्यवस्थित गर्न नसक्दा समस्या आएको व्यवसायीहरुले बताएका छन् ।शुक्रवार आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा बोल्दै उद्योगी व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले घरजग्गा कारोबारलाई अव्यवस्थित,अपारदर्शी र नीतिगत रुपमा व्यस्थित कानून बनाउन नसक्दा अहिले समस्या आएको बताए । व्यवसायीहरुले घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउनको लागि नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए ।

उनीहरुले सरकारले नीतिगत रुपमा घरजग्गा कारोबारलाई गतिशिल बनाउन नसक्दा विद्यमान आर्थिक मन्दीबाट मुलुक माथि जान नसकेको उल्लेख गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले घरजग्गामा लगानी गरेकाले धेरै सहकारी समस्यामा परेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेलेको रियल स्टेट क्षेत्रलाई गतिशिल नबनाई विद्यमान आर्थिक मन्दीबाट उन्मुक्ति पाउन कठिन देखिएको दाबी गर्दै यो विषयमा सरकार गम्भिर हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको चार महिनामा १ लाख ४० हजार ६ सय लिखित पास भएको बताउनु भयो । उहाँले घरजग्गा कारोबारबाट मात्रै सरकारलाई १२ अर्ब ७१ करोड राजश्व संकलन भएको उल्लेख गर्नुभयो । उहाँले विगतको तुलनामा अहिले ३० प्रतिशत घरजग्गा कारोबारमा कम भएको देखिएको बताउनु भयो ।

उहाँले घरजग्गा कारोबारमा आएको कमीले सरकारको राजश्व पनि घटेको बताउनु भयो । उहाँले मौद्रिक नीतिको समिक्षामा राष्ट्र बैंकले कुनैपनि नीति परिमार्जन नगर्नु भनेको घरजग्गा कारोबारप्रति संकुचित हुनु भएको बताउनु भयो । उहाँले विगतको सम्पतीको स्रोतलाई मान्यता नदिएर चालु नाफाको स्रोतको आधारमा मात्रै घरजग्गा कारोबारलाई मान्यता दिने मालपोत कार्यलयहरुमा अपनाइएको प्रक्रियाले पनि घरजग्गा कारोबारलाई अगाडि बढ्न नदिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘घरजग्गामा लगानी गरेकाले धेरै सहकारी समस्यामा परेका छन् । अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेलेको रियल स्टेट क्षेत्रलाई गतिशिल नबनाई विद्यमान आर्थिक मन्दीबाट उन्मुक्ति पाउन कठिन देखिन्छ । यसमा सबै गम्भिर हुनुहुपर्छ । चार महिनामा १ लाख ४० हजार ६ सय लिखित पास भएको छ । राजश्व मात्रै १२ अर्ब ७१ करोड छ । विगतको तुलनामा ३० प्रतिशत कम कारोबार भएको देखिन्छ । यसैबाट स्पष्ट छ । सरकारको राजश्व पनि घटेको छ । घरजग्गा कारोबार पनि शिथिलता छ । मौद्रिक नीतिको समिक्षामा राष्ट्र बैंकले कुनैपनि नीति परिमार्जन भए । विगतको सम्पतिको स्रोतलाई मान्यता नदिएर चालु नाफाको स्रोतको आधारमा मात्रै घरजग्गा कारोबारलाई मान्यता दिने मालपोत कार्यलयहरुमा अपनाइएको प्रक्रियाले पनि घरजग्गा कारोबारलाई अगाडि बढ्न दिएको छैन । जबसम्म सम्पूर्ण नेपालीहरुको सम्पती अभिलेखिकरण हुँदैन । सम्पती अभिलेखिकरण गर्न आवश्यक छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बनाएका ५० वर्ष पुराना नीतिहरुले अहिले काम गर्नुपरेको बताउनु भयो । उहाँले सरकारले घरजग्गा कारोबार,जग्गा हदबन्दी सम्बन्धी नीतिहरुलाई सरकारले समय सापेक्ष बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले विगतमा ल्याएका नीतिहरु गलत भए परिमार्जन गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले जग्गा हदबन्दी सम्बन्धी ऐन परिमार्जन गर्न सरकारले समय लगाउन नहुने उल्लेख गर्नुभयो । उहाँले लगानी सम्मेलनमा ८ कानूनहरु संशोधन भएका तर निजी क्षेत्रले दिएका सबै कानूनहरु परिवर्तन नभएको बताउनु भयो । उहाँले संशोधन भएका कानूनहरुको पनि सरकारले कार्यविधि बनाउन नसक्दा कार्यान्वयनमा समस्या रहेको बताउनु भयो । उहाँले सरकारले घरजग्गा सम्बन्धी ऐनहरु परिमार्जन गर्नु भनेको व्यवसायिक फाइदाका लागि मात्रै रहेको संकिर्ण सोच बनाएको बताउनु भयो । उहाँले घरजग्गा कारोबार बढ्यो भने राज्यलाई राजश्व वृद्धि हुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ सरकारले बनाएका ५० वर्ष पुराना नीतिहरुले अहिले काम गर्नुपरेको छ । घरजग्गा कारोबार,जग्गा हदबन्दी सम्बन्धी नीतिहरुलाई सरकारले समय सापेक्ष बनाउन आवश्यक छ । सरकारले विगतमा ल्याएका नीतिहरु गलत भए परिमार्जन गर्न सक्नुपर्छ । जग्गा हदबन्दी सम्बन्धी ऐन परिमार्जन गर्न सरकारले समय लगाउनु हुँदैन । लगानी सम्मेलनमा ८ कानूनहरु संशोधन भए तर निजी क्षेत्रले दिएका सबै कानूनहरु परिवर्तन भएनन् । त्यहीअनुसार सरकारले कार्यविधि बनाएको भए अर्थतन्त्रले गति लिने थियो । घरजग्गा सम्बन्धी ऐनहरु परिमार्जन गर्नु भनेको व्यवसायीक फाइदा मात्रै छैन । घरजग्गा कारोबार बढ्यो भने राज्यलाई राजश्व वृद्धि हुन्छ । सरकारले बनाउने नीतिहरु निजी क्षेत्रको फाइदाको लागि परिमार्जन गर्नु भन्ने भन्ने पुरानो मानसिकता रहेको छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मुलुकको अर्थतन्त्र सकारात्मक रहेको भएपनि आयात र निर्यातमा कमी रहेको बताउनु भयो । उहाँले बैंकका तरलताको अवस्था सहज हुँदा पनि लगानीकर्ताहरु कर्जा लिनसक्ने अवस्थामा नभएको बताउनु भयो । उहाँले यी सबै समस्याको जड भनेको समग्र बजारको मागमा सुधार नआउनु भएको बताउनु भयो । अध्यक्ष अग्रवालले समग्रमा हेर्दा मुलुकको आन्तरिक अवस्था संकटपूर्ण रहेको बताउनु भयो । उहाँले नियामकिय नीतिको कारणले घरजग्गा कारोबारले गति लिन नसकेको उल्लेख गर्नुभयो । उहाँले घरजग्गा कारोबारमा आएको कमीले राज्यलाई राजश्व संकलनमा चाप परेको बताउनु भयो ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले निजी क्षेत्रले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन ब्रोकरहरुलाई पढाउने नीति लिएको बताउनु भयो । उहाँले सरकारसँगको सहकार्यमा घरजग्गा कारोबार गर्ने ब्रोकरहरुलाई कोर्ष डिजाइन गरेर पढाउने तयारी रहेको बताउनु भयो । उहाँले नेपालको सबैभन्दा धेरै ठूलो लगानी रहेको बताउनु भयो । उहाँले घरजग्गा कारोबारबाट नै सबैभन्दा धेरै वार्षिक १० खर्ब काराबार हुने गरेको बताउनु भयो । उहाँले ब्रोकर र डेभलोपर छुट्याएर लैजाने तयरी महासंघको रहेको बताउनु भयो ।

उहाँले वार्षिक १० खर्ब कारोबार हुने उद्योगलाई अव्यवस्थित,अपारदर्शी र व्यवस्थित नीति र कानूनहरु सरकारले निर्माण गर्न नसक्दा घरजग्गा कारोबारमा समस्या आएको उल्लेख गर्नुभयो ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली