ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालबाट ३२ वटा स्टल रहने

Tuesday November 12, 2024

पढ्न लाग्ने समय :


चीनको ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालका मझौला उद्योगी, व्यवसायीहरुले सहभागिता जनाउने भएको छन् । आईतवार साना तथा मझौला व्यवसायी महासंघका सदस्यहरु अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी जनाउन चीन प्रस्थान गरेका हुन् । मेलामा नेपालले ३२ वटा स्टल राख्ने साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष इनु पौडेलले बताउनु भयो । उहाँले नेपालको तर्फबाट ३२ वटा स्टल राख्ने र ३६ जना साना तथा मझौला व्यवसायीहरु चीन प्रस्थान गरेको जानकारी दिनुभयो । उहाँले यस्ता मेलाले नेपालमा उत्पादन हुने वस्तुहरुको गुणस्तर मापन हुनुका साथै बजारीकरणका लागि सहज हुने बताउनु भयो । उहाँले नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अन्तर्राष्ट्रिय सिस्मे फेयरमा जान लागेका छौँ । यो चीन सरकारले हामीलाई सहयोग स्वरुप उपलब्ध गराइदिनुभएको स्टल हो । हामीले ३२ वटा स्टल लिएर जाँदैछौँ । ३६ जना सहभागी छौँ । नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु लिएर हामी जाँदैछौँ । यस्तो कार्यक्रममा संस्था सहभागी हुँदा सहुलियत दिन आग्रह गर्छु । सामान लैजाँदा र उताबाट स्टक भयो भने त्यसका सहुलियत दिनुपर्छ । त्यसो गर्नाले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा जान्छ । त्यसले नेपालको शान बढ्छ । यसले नेपाल र चीनको सम्बन्धलाई अझ गाढा बनाउँछ ।’

अन्तर्राष्ट्रियस्तरका मेलाहरुले नेपालमा उत्पादित सामग्रीलाई बजारीकरण गर्न र अन्तर्राष्ट्रिय बजारमा पुयाउन सहयोग पुग्ने बताउनु भयो । मेला कार्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको