गाजामा इजराइली आक्रमण : हालसम्म ३२ हजार प्यालेस्टिनीको मृत्यु

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


गाजा (प्यालेस्टिन) । गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् । इजराइली सेनाको उक्त आक्रमणसँगै कूल मृत्यु हुनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजराइली सेनाले पछिल्लो २४ घन्टामा गाजा क्षेत्रका विभिन्न स्थानमा हवाई र जमिन आक्रमण गरेको थियो ।  “मध्य गाजा क्षेत्रको देर अल–बालाह सहरमा एउटा घरलाई लक्षित गरी गरिएको आक्रमणमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन्”, स्रोतले भनेको छ, “घाइतेहरूलाई सोही सहरको अल–अक्सा अस्पतालमा सारिएको छ, इजराइली तोपखानाले गाजा क्षेत्रको दक्षिणमा रहेको ‘खान युनिस सहरको’ दक्षिणपूर्वी क्षेत्रहरूमा पनि बमबारी गरेको छ र धेरै मानिस घाइते भएका छन् ।”

शिफा कम्प्लेक्समा चलिरहेको लडाइँमा २१ वर्षीय सैनिकको मृत्यु भएको इजराइली सेनाले विज्ञप्तिमा जनाएको छ । गाजामा भूमिगत अपरेशनमा मर्ने इजराइली सैनिकको सङ्ख्या दुई सय ५१ पुगेको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको