गल्फ देशहरुमा गैरकानूनी रुपमा गएका महिला श्रमिकको अवस्था जोखिमपूर्ण छः परराष्ट्रमन्त्री राणा

पढ्न लाग्ने समय :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गल्फ कर्पोरेशन काउन्सिल (जिसिसी) अन्तर्गतका देशहरुमा गैरकानूनी रुपमा गएका नेपाली श्रमीकहरुको सुरक्षा जटिल बनिरहेको बताउनुभएको छ । बिहीवार ओमानको मस्कटमा आयोजित आठौं हिन्द महासागर सम्मेलनमा भाग लिएर स्वदेश फर्किनुभएकी मन्त्री राणाले यस्तो बताउनुभएको हो । उहाँले उक्त समस्या समाधानका लागि विज्ञ समूह बनाएर काम अघि बढाउने बताउनु भयो । नेपालका राजदुतहरुसँग भर्चुअल बैठक बसेर उक्त समस्या समाधान गर्न काम अघि बढाउने बताउनु भयो ।
उहाँले गल्फ देशहरुमा गैरकानूनी रुपमा पुगेका नेपाली महिला श्रमीकहरु बढी असुरक्षित रहेको पनि बताउनु भयो । उनीहरुलाई उद्धार गर्न सरकार र त्यहाँस्थित राजदुतावासले पनि धेरै काम गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालबाट चिकित्सक, इन्जियिनर लगायतका दक्ष जनशक्तिहरु धेरै पुगेको तर दक्ष जनशक्तिलाई पनि अदक्ष जनशक्तिकै जस्तो प्रक्रियामा समावेश गर्दा समस्या परिरहेको बताउनु भयो । उनीहरुलाई कम्तिमा दुई वर्षको भिसा समय हुनुपर्ने व्यवस्थाले छोटो समयको लागि जानुपर्दा भिसा नपाउने समस्या रहेको बताउनु भयो । उहाँले ओमान सरकारसँग पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौता भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले ओमानसँग दुई वटा सम्झौता गरेका छौँ । डिप्लोमेटिक इस्न्टिच्युट अफ ओमान र हाम्रो इस्न्टिच्युट अफ फरेन अफेयर्ससँग भएको छ । यसमा हामीले हाम्रो कागजहरुलाई कसरी ट्रेनिङ गरेर अगाडि लैजाने, हाम्रो प्रोफेसनलिजम कसरी अघि बढाउने भन्नेकुरामा आउने दिनमा काम हुन्छ । त्यस्तै गरेर एमओयु अनकोअप्रेशन अफ इन द फिल्ड अफ टुरिजम पनि गरेका छौँ । टुरिरजमसम्बन्धित नेपालसँग नजिक भएर काम गर्न चाहन्छाँै भन्नुभएको छ । जिसीसी कन्ट्रिका राजदुतसँग जुम मिटिङ गरेका छौँ । जुम मिटिङबाट महत्वपूर्ण केही कुरा आएका छन् । जुन हामीले अघि कसरी बढाउने भनेर छलफल गर्नेछौँ । घरेलु महिला कामदारलाई नेपालले कसरी हेर्ने, किनभने अहिले हामीले लिगल बनाएका छैनौँ । तर लाखौँको संख्यामा नेपाली महिलाहरु ति देशहरुमा हुनुहुन्छ । उहाँहरु इलिगल भएको भएर भल्गरेबल देखिनुभएको छ । परराष्ट्र मन्त्रालयले यहाँबाट पनि धेरै रेस्क्युका कामहरु गर्नुपर्छ । राजदुतावासहरुले पनि रेस्क्युमा धेरै काम गर्नुपर्ने हुन्छ । जो सोसियल सेक्युरिटी लिएर लिगल्ली जानुभएको छ, उहाँहरुको कुनैपनि इस्यु हुँदैन रहेछ । तर भएपनि एउटा मेकानिजमले काम गर्दछ । तर इलिगल्ली गएकालाई पुनःविचार गर्नुपर्छ ।’
उहाँले उच्च अध्ययनका लागि विदेश जाने कानूनी र गैरकानूनी विद्यार्थीको अध्यागमन तथ्यांक गृह मन्त्रबालयस्ँग माग्ने बताउनु भयो । पर्यटक भिसामा जानेहरुको तथ्यांक पनि माग्ने बताउनु भयो । प्रदेश स्तरमै भिसा दिनसक्ने व्यवस्था गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । इरानका परराष्ट्रमन्त्रीको बारेमा विपिन जोशीको रिहाईको बारेमा पहल गर्न आग्रह गरेको बताउनु भयो ।