गण्डकी प्रदेशसभा : वन विधेयक विषयगत समितिमा

Sunday August 20, 2023

पढ्न लाग्ने समय :


पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले ‘प्रदेशभित्रको वनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले संशोधन प्रस्तावसहित सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकसमक्ष पेस गरेका थिए ।

समितिमा दफावार छलफलपछि प्रदेशसभाबाट विधेयक पारितका लागि प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । उक्त विधेयकमा १३ प्रदेशसभा सदस्यले संयुक्त रुपमा  संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले वर्षात्का कारण क्षति व्यहोरेका नागरिकलाई राहत प्रदान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभा बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको