गणतन्त्र दिवशमा छुट पाएका ४८२ कैदीको नामावली सार्वजनिक (सूचीसहित)

पढ्न लाग्ने समय :

काठमाडौं । सरकारले २०८० जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा कैद छुट दिएका ४८२ जनाको नामावली सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा २७६, फैजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ को नियम तीन र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद छुट दिएकाको नामावली राजपत्रमा प्रकाशित भएको हो । यसअघि कैद छुट तथा मिनाहा पाउनेको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गर्ने गरेको भएपनि व्यक्तिको गोपनियताको हकलाई ख्याल गरेर यसपटक वेवसाइटमार्फत सार्वजनिक गर्न रोकेको छ । कैद मिनाहा पाउनेको सूची https://drive.google.com/file/d/1PdSJWvuHMuwSgEyUGYHpq7QD80l-NKPy/preview