गठबन्धन स्थायी होइनः उपसभापति पूर्णबहादुर खड्का

Friday October 25, 2024

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताउनुभएको छ । शुक्रवार महोत्तरीको जलेश्वरमा आयोजित नेपाली काँग्रेस जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक अवस्थामा पार्टीले लिएको रणनीतिको निर्णय भएको बताउनु भयो । उहाँले रणनीतिक निर्णयअन्तर्गत २०७४ सालको निर्वाचनमा स्थानीय तहमा राम्रो गरेपनि सोही गठबन्धन प्रदेश र संघ निर्वाचनमा हुन नसक्दा क्षति व्यहोर्नुपरेको बताउनु भयो । उहाँले ०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुख (केपी शर्मा ओली) ले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण बनाउनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकल बहुमतको संघ, प्रदेश र स्थानीय सरकार बनाउनसके मात्रै हामी सफल हुनसक्छौँ । त्यसका लागि पूर्वशर्त छ, विगतमा भएका कमी कमजोरीहरु सच्याउन सक्नुपर्छ । वडाका साथीहरुले सुझाव दिने भन्ने घमण्ड गर्नु हुँदैन । सबैका सुझावहरु हामीले स्वीकार गरेर अघि बढ्न सक्नुपर्छ । पदको जिम्मेवारी मात्रै फरक हो, सम्मान सबैको बराबरी हुन्छ । गठबन्धनको विषयलाई म लामो व्याख्या गर्न चाहन्न, गठबन्धनको विषय स्थायी विषय होइन । तत्कालीन अवस्थामा, तत्कालीन राजनीतिक अवस्थामा, परिवेशमा पार्टीले लिएको रणनीतिको निर्णय हो । त्यसैले त्यो रणनीतिक निर्णयअन्तर्गत हामीले २०७४ सालमा पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन ग¥यौँ, एउटा परिणाम आयो । ०७४ को संघ र प्रदेशको चुनावमा हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । अर्को परिणाम आयो । ०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुखले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण त्यसका बिरुद्धमा भएको आन्दोलन, असंवैधानिक कदमको बिरुद्धमा सर्वोच्चमा गरेको कानूनी लडाईं, सडकमा गरेको जनप्रदर्शन समेत जोडिएर संसद पुनःस्थापनासँगै सरकार हाम्रा वर्तमान सभापति शेरबहादुर देउवाजीको नेतृत्वमा सर्वोच्च अदालतको परमादेशद्वारा सरकार निर्माणको प्रक्रियामा सर्वोच्च अदालतले दिएको फैसलाको जगमा हामीले जोजो असंवैधानिक कदमको बिरुद्धमा उभिए, जुन जुन नेता, जुन जुन पार्टी, नागरिक समाज, सञ्चर जगत आम जनता । त्यो पंक्तिलाई लिएर हामी सरकार निर्माणको प्रक्रियामा अघि बढ्यौँ ।’

उपसभापति खड्काले काँग्रेसले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउन विगतका कमजोरीहरु बिर्सिएर नयाँ रुपमा अघि बढ्नुपर्ने बताउनु भयो ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको