खेलाडीलाई निवृत्तिभरणको व्यवस्था गर्ने तयारीमा सरकार

Friday March 7, 2025

पढ्न लाग्ने समय :


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीेले खेलाडीहरुको भविष्य सुनिश्चित हुनेगरी सरकारले खेलकुद नीति ल्याएको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले  खेलाडीहरुको हक र सुविधाको कार्यान्वयका लागि राष्ट्रिय खेलकुद नीति, २०६७ संशोधन गरी मन्त्रिपरिषदमा पुगेको बताउनु भयो । उहाँले खेललाई व्यावसायिक बनाउन निजी क्षेत्रको सहभागितामा प्रायोजनको व्यवस्थाका लागि सरकारले काम गरिरहेको बताउनु भयो ।

खेलाडीको खेल अवधि निश्चित उमेर हुने भएकाले खेल जीवन सकिएपछि सरकारी र विभिन्न संस्थाहरुमा रोजगारी वा निवृत्तिभरण दिने व्यवस्था नयाँ नीतिमा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय खेलकुद नीति २०६७ लाई संशोधन गर्ने नीति मन्त्रिपरिषदमा पुगेको छ । जसमा खेलाडीहरुको हक, सुविधा र खेलकुद कार्यान्वयनका लागि समावेश गरिएको छ  । साथै युवा तथा खेलकुद मन्त्रालयले प्रश्तावित खेलकुद नीतिको मस्यौदा अघि बढेको छ, जसले खेलाडीहरुको भविष्य स्वदेशमै सुनिश्चित हुने छ । खेल क्षेत्रलाई व्यावसायिक बनाउने उद्देश्यले निजी क्षेत्रलाई सहभागी बनाउने, स्पोन्सरसिपको अवसर सिर्जना गर्ने, क्लव फुटबल र लिग संरचना सुधार गर्ने योजनाहरु छ ।  एनपिएल, भलिबलको लिग, कबड्डीको लिग आदि भएका छन् । निजी स्तरमा फुटबलको लिग पनि हुँदैछ । खेल जीवन सकिएपछि सरकारी तथा अन्य संस्थामा रोजगारी उपलब्ध गराउने नीति लिएको छ ।’
मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा बहुवर्षीय योजनाका कार्यक्रम नभएको बताउनु भयो । खेलकुदका माध्यमबाट जीविकोपार्जन गर्न नसकिएपछि खेलाडीहरु खेल क्षेत्र छोडेर वैकल्पिक पेशामा लागेको र कतिपय खेलाडी विदेश पलायन भइरहेको उहाँको भनाइ छ ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना