खेलाडीलाई निवृत्तिभरणको व्यवस्था गर्ने तयारीमा सरकार

Friday March 7, 2025

पढ्न लाग्ने समय :


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीेले खेलाडीहरुको भविष्य सुनिश्चित हुनेगरी सरकारले खेलकुद नीति ल्याएको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले  खेलाडीहरुको हक र सुविधाको कार्यान्वयका लागि राष्ट्रिय खेलकुद नीति, २०६७ संशोधन गरी मन्त्रिपरिषदमा पुगेको बताउनु भयो । उहाँले खेललाई व्यावसायिक बनाउन निजी क्षेत्रको सहभागितामा प्रायोजनको व्यवस्थाका लागि सरकारले काम गरिरहेको बताउनु भयो ।

खेलाडीको खेल अवधि निश्चित उमेर हुने भएकाले खेल जीवन सकिएपछि सरकारी र विभिन्न संस्थाहरुमा रोजगारी वा निवृत्तिभरण दिने व्यवस्था नयाँ नीतिमा रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय खेलकुद नीति २०६७ लाई संशोधन गर्ने नीति मन्त्रिपरिषदमा पुगेको छ । जसमा खेलाडीहरुको हक, सुविधा र खेलकुद कार्यान्वयनका लागि समावेश गरिएको छ  । साथै युवा तथा खेलकुद मन्त्रालयले प्रश्तावित खेलकुद नीतिको मस्यौदा अघि बढेको छ, जसले खेलाडीहरुको भविष्य स्वदेशमै सुनिश्चित हुने छ । खेल क्षेत्रलाई व्यावसायिक बनाउने उद्देश्यले निजी क्षेत्रलाई सहभागी बनाउने, स्पोन्सरसिपको अवसर सिर्जना गर्ने, क्लव फुटबल र लिग संरचना सुधार गर्ने योजनाहरु छ ।  एनपिएल, भलिबलको लिग, कबड्डीको लिग आदि भएका छन् । निजी स्तरमा फुटबलको लिग पनि हुँदैछ । खेल जीवन सकिएपछि सरकारी तथा अन्य संस्थामा रोजगारी उपलब्ध गराउने नीति लिएको छ ।’
मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा बहुवर्षीय योजनाका कार्यक्रम नभएको बताउनु भयो । खेलकुदका माध्यमबाट जीविकोपार्जन गर्न नसकिएपछि खेलाडीहरु खेल क्षेत्र छोडेर वैकल्पिक पेशामा लागेको र कतिपय खेलाडी विदेश पलायन भइरहेको उहाँको भनाइ छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको