खेलकुद संघलाई कारवाही गर्दैछु, हस्तक्षेप नहोस्ः खेलकुदमन्त्री चौधरी

Sunday December 29, 2024

पढ्न लाग्ने समय :


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्नुपर्ने बताउनुभएको छ ।आईतवार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिला खेलकदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राखेको भएपनि केह िवर्ष यता नराखेकोप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले खेलकुदलाई सामाजिक उत्तरदायित्वमा राख्नसके रोजगारी सिर्जनादेखि अन्य धेरै फाइदा हुने बताउनु भयो । आगामी वर्षको बजेटमा खेलकदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्न पहल गर्ने बताउनु भयो । कानून नमान्ने खेलकुद संघलाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो । खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको मन्त्री चौधरीको भनाइ छ । अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित गर्न पत्राचार गरे पनि कमिटीले त्यसलाई अटेर गरेको बताउनु भयो । मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरूलाई पत्रचार गरेपनि नमानेको भन्दै स्पष्टीकरण पठाएको समेत बताउनु भयो । केही दिनभित्र खेलकुद संघलाई कारवाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न शिर्ष नेताहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पहिला सामाजिक उत्तरदायित्वमा खेलकुद परेको थियो । केही वर्षदेखि सामाजिक उत्तरदायित्वमा खेलकुद राखेको छैन । खेलकुदलाई सामाजिक उत्तरदायित्वमा राख्नसके निकै ठूलो फाइदा हुन्छ, रोजगारी पनि सिर्जना हुनसक्छ, बजेट पनि पर्नसक्छ । आगामी वर्षको बजेटमा यो कुरा पहल गर्न चाहन्छु । अहिले निकै नै चर्चा र परिचर्चा भएको विषय बताउनै पर्छ । हामी नेपाली काँग्रेसभित्र कस्तो व्यक्तिहरु खेलकुदमा पठाउनुभएको छ, थाहा छैन, कस्तो व्यक्तिहरु महासमितिको सदस्य बन्छ, महाधिवेशन प्रतिनिधि बन्छ, त्यो हामीलाई थाहा भएन । कुन नेताको पकेटबाट को आउँछ, कुन नेताको पकेटबाट के आउँछ, त्यो कुरा मलाई थाहा भएन । अहिले भर्खर पुनरावेदन अदालतको र सर्वोच्च अदालतको विषयमा व्यापक रुपमा कुरा उठिरहेको छ । मन्त्रालय भन्दा ठूलो राष्ट्रिय खेलकुद परिषद्, अधिकार र कर्तव्यमा, त्यो भन्दा पनि ठूलो अहिले खलकुख संघहरु हुन् । हामीले लगतार एक हप्तादेखि सर्वोच्च अदालतको फैसला पुनरावेदनको फैसला आइसकेपछि ओलम्पिक कमिटीको विषयमा व्यापक रुपमा खेलकुद मन्त्रालय र खेलकुद विभागबाट व्यापक रुपमा छलफल गरेर अघि बढ्यौँ तर सोचेअनुसारको नतिजा ल्याउन सकेनाँै । किनभने हामी खेलकुद मन्त्रालय चिठी दिने हो, परिपत्र, निर्देशन दिने हो । हामीले खेलकुद परिषद्मा दिने हो । हामी सर्वोच्च र पुनरावेदनबाट प्राप्त पत्र परिषद्मा पठायौँ । २७ वटै संघलाई हामीले यसमा तपाईंहरु सहभागी नभइदिनुस्, तपाईंहरुको खाता समेत रोक्ने प्रक्रिया हुनसक्छ, धेरै कारबाही हुनसक्छ भनेर हामीले धेरै पत्र पठायौँ । तर उहाँहरुले सुन्नु भएन । त्यो नसुनेपछि हामीले स्पष्टीकरण पठाएका छौँ । सायद केही दिनमा स्पष्टीकरणको जवाफ आउनेछ । केही दिनभित्र खेलकुद संघलाई कारबाही अघि जान्छ । खेलकुद संघलाई कारबाही अघि बढाउने कोशिस गरिरहेको छु । चाहे त्यो जेसुकै अवस्था आओस् । जसले नेपालको नियम नमान्ने, नेपालको कानून नमान्ने, खेलकुद ऐन नमान्ने व्यक्तिहरु खेलकुद संघमा बस्न उपयुक्त हुँदैन । त्यसकारण म आग्रह गर्न चाहन्छु, त्यस्तो व्यक्तिलाई नेपाली काँग्रेसको हरेक पाइलामा ठाउँ नदिन आग्रह गर्दछु । तपाईंहरु नै त्यस्तो व्यक्तिलाई ठाउँ दिनुहुन्छ भने नेपाली खेलकुद अघि बढ्न सक्दैन ।’

मन्त्री चौधरीले खेलकुद क्षेत्रको बजेट बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नीतिअनुसार स्पष्ट बजेट आउन नसकेको गुनासो गर्नुभयो । उहाँले विद्यालय स्तरमा बजेट सबैभन्दा बढी हुनुपर्नेमा नरहेको गुनासो गर्नुभयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि