खेलकुदमन्त्री लिम्बूलाई डेंगु सङ्क्रमण

Saturday August 26, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ। डेंगु सङ्‍क्रमण भएसँगै उनलाई शनिबार वीर अस्पताल भर्ना गरिएको छ।

मन्त्री लिम्बूलाई १०२  ज्वरो आउनुका साथै टाउको दुख्ने, जीउ दुख्ने, वाक वाक लाग्ने जस्ता लक्षण देखिएकोले वीर अस्पतालको नयाँ भवनमा एक महिना अघि सुरु गरिएको भिआइपी कक्षमा उपचारा गराई रहेका  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले बताए । मन्त्री लिम्बुलाई आजै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अस्पताल पुगेर भेट गरेका थिए ।

डा. लिम्बू केही दिन अघि मोरङमा डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किए लगतै स्वास्थ्य समस्या आएकोले वीर अस्पताल आई भर्ना भएका हुन्। उनको उपचार डा ध्रुव गैरेको टिमले गरिरहेको छ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको